Trending
राष्ट्रपति रनिङ शिल्डमा बाल विकास बोर्डिङ हाइ स्कुलको सानदार जित     |     अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु     |     ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट     |     भीम रावलको अबको बाटो : मातृभूमि जागरण अभियान सञ्चालन गर्ने     |     पुस २३ गते प्रदेशसभा आह्वान गर्न मधेशका प्रदेश प्रमुखसमक्ष सिफारिस     |     सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस     |     जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु     |     यस्तो छ आजको तरकारी र फलफूलको मूल्य     |     भीम रावलले पत्रकार सम्मेलन गर्दै     |     बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको निधन     |    
खेलकुद

स्युचाटार क्रिकेट लिग: किंग्स, ग्रेट हिमालय र टिम बिडिएस क्वार्टरफाइनलमा

१४ पुष २०८१, आईतवार १३:३०

१४ पुस, काठमाडौं। तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि–टेन प्रतियोगिताको तेश्रो दिनको खेलहरु सम्पन्न भएका छन् ।

आज सम्पन्न तेश्रो दिनको खेलहरुमा बिएमडिमएस, स्टुडियो सेभेन, किंग्स क्रिकेट एकेडेमी, बिडिएस, ग्रेट हिमालय क्रिकेट एकेडेमी र कालिका वारियर्स विजयी भएका छन् । आजको पहिलो खेलमा समुह ’सी’ अन्तर्गत बिएमडिएसले स्याङ्जालाई ३२ रनले पराजित गर्यो। ९० रनको लक्ष्य पाएको स्याङ्जाले ५७ रनमै सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले तीन विकेट लिनुको साथै १५ रन पनि बनाए ।

आजको दोस्रो खेलमा समुह ’बि’ अन्तर्गत स्टुडियो सेभेनले नेक्सस क्रिकेट एकेडेमीलाई १४ रनले पराजित गर्यो। ७० रनको लक्ष्य पाएको नेक्ससले ५५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सन्देश क्षेत्रीले तीन विकेट लिए। आजको तेस्रो खेलमा समुह ’बि’ अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्ने क्रममा स्मार्ट ए केयरलाई ४१ रनले पराजित गर्यो। ८६ रनको लक्ष्य पछ्याउने क्रममा स्मार्ट ए केयरले ४४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित भएका आश्रय बस्नेतले २७ रन बनाए। किंग्स समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।

आजको चौथो खेलमा समुह ’सी’ अन्तर्गत बिडिएसले बिएमडिएसलाई १२ रनले पराजित गर्यो। ७९ रनको लक्ष्य पछाएको बिएमडिएसले ६६ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिडिएस का बसन्त खत्रीले २३ रन बनाउनुको साथै एक विकेट पनि लिए। आजको पाँचौं खेलमा समुह ’डी’ अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्ने क्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिक्समाण्डुलाई १८ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याउने क्रममा मिक्समाण्डुले ६१ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच घोषित क्रिस कार्कीले दुई विकेट लिनुको साथै सात रन पनि बनाए। जित पछि ग्रेट हिमालय क्वार्टरफाइनल पुग्ने पक्का भएको छ।

आजको छैठौँ खेलमा टिम बिडिएसले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्यो। १०४ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ३३ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले ५३ रन बनाए। जित पहि बिडिएस क्वार्टरफाइनल पुगेको छ।

आजको सातौं खेलमा कालिका वरियर्सले स्याङ्जा एभेन्जर्सलाई ४६ रनले पराजित गर्यो। कालिकाले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ३४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित लकी कडायतले ३४ रन बनाए। प्रतियोगिता अन्तर्गत सोमबार चौंथो दिन लिग चरणका ७ वटा खेल हुनेछन्।

प्रतियोगिता ७ दिन सम्म चल्नेछ। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्