Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

१६० केजी गाँजा बरामद, ट्रक चालकसहित दुईजना पक्राउ

१५ पुष २०८१, सोमबार ०५:३८

१५ पुस, पर्सा। पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन्।

आइतबार वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।

वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्