Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

किरण बज्राचार्यको अवकाशसँगै प्रहरीमा दुई एआईजी रिक्त

१५ पुष २०८१, सोमबार ०५:४२

१५ पुस, काठमाडौं। सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् ।

प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् । यसअघि पुस ४ गते एआईजीको दर्ज्यानी चिह्न (फुली) लगाएका भरतबहादुर बोहरा उमेर हदकै कारण ११ गतेदेखि अवकाश भएका थिए ।

दुई एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि मुख्यतः तीन प्रतिस्पर्धी तयार छ । चैत ४ गते रातिबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने वर्तमान आईजीपीका तीन व्याचीबीच बढुवाको प्रतिस्पर्धा चलेको हो । त्यसमा रवीन्द्र केसी, कुवेर कडायत र जनक भट्टराई छन् ।

केसी वरिष्ठताका आधारमा बढुवा निश्चित प्रायः अवस्थामा छन् । कडायत र भट्टराईबीच को छ्नौटमा पर्ने हुन् भन्ने कुरा शक्तिकेन्द्रमा कसको बढी पहुँच छ भन्नेमा निर्भर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्