Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

किरण बज्राचार्यको अवकाशसँगै प्रहरीमा दुई एआईजी रिक्त

१५ पुष २०८१, सोमबार ०५:४२

१५ पुस, काठमाडौं। सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् ।

प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् । यसअघि पुस ४ गते एआईजीको दर्ज्यानी चिह्न (फुली) लगाएका भरतबहादुर बोहरा उमेर हदकै कारण ११ गतेदेखि अवकाश भएका थिए ।

दुई एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि मुख्यतः तीन प्रतिस्पर्धी तयार छ । चैत ४ गते रातिबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने वर्तमान आईजीपीका तीन व्याचीबीच बढुवाको प्रतिस्पर्धा चलेको हो । त्यसमा रवीन्द्र केसी, कुवेर कडायत र जनक भट्टराई छन् ।

केसी वरिष्ठताका आधारमा बढुवा निश्चित प्रायः अवस्थामा छन् । कडायत र भट्टराईबीच को छ्नौटमा पर्ने हुन् भन्ने कुरा शक्तिकेन्द्रमा कसको बढी पहुँच छ भन्नेमा निर्भर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्