Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

‘भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्छ’ -मन्त्री गुरूङ

१५ पुष २०८१, सोमबार ११:४०

१५ पुस, काठमाडौं। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरूङले भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्ने बताएका छन् ।

तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले नेपालमै बसेर भविष्य खोज्न र नेपालको प्रगतिमा सहभागी हुन आह्वान गरे ।

नेपालमा केही हुँदैन भन्ने भाष्य चिरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री गुरूङले भविष्य बनाउन विदेश जानुपर्छ भन्ने सोच त्याग्न आग्रह गरे । उनले भने,“भविष्य बनाउनका लागि विदेश नै जानुपर्छ भन्ने मानसिकता गहिरो रूपमा बसिसकेको छ । त्यस्ता मानसिकता त्यागेर नेपालमै केही गर्न सकिन्छ भन्ने सोच राख्नुपर्छ ।”

सक्षम र दक्ष जनशक्ति उत्पादनमा राज्यले ठूलो लगानी गरेकाले त्यस्ता नागरिक स्वदेशमै बसेर केही गर्नुपर्नेमा उनको जोड थियो । संविधानले जनजातिलाई अधिकार दिएकाले जनजातिका छोराछोरी उच्च तहमा पुग्न सकेको मन्त्री गुरूङले बताए ।

मन्त्री गुरूङले शास्त्र र परम्परा हराए भाषा हराउने र भाषा हराए जात नै लोप हुने भएकाले भाषा र संस्कृतिको संरक्षणमा अग्रसर हुनुपर्ने बताए । भाषा, संस्कृति, परम्परा संरक्षण गर्ने कार्यमा हरेक जातजाति आफैँ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्