Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

‘भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्छ’ -मन्त्री गुरूङ

१५ पुष २०८१, सोमबार ११:४०

१५ पुस, काठमाडौं। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरूङले भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्ने बताएका छन् ।

तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले नेपालमै बसेर भविष्य खोज्न र नेपालको प्रगतिमा सहभागी हुन आह्वान गरे ।

नेपालमा केही हुँदैन भन्ने भाष्य चिरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री गुरूङले भविष्य बनाउन विदेश जानुपर्छ भन्ने सोच त्याग्न आग्रह गरे । उनले भने,“भविष्य बनाउनका लागि विदेश नै जानुपर्छ भन्ने मानसिकता गहिरो रूपमा बसिसकेको छ । त्यस्ता मानसिकता त्यागेर नेपालमै केही गर्न सकिन्छ भन्ने सोच राख्नुपर्छ ।”

सक्षम र दक्ष जनशक्ति उत्पादनमा राज्यले ठूलो लगानी गरेकाले त्यस्ता नागरिक स्वदेशमै बसेर केही गर्नुपर्नेमा उनको जोड थियो । संविधानले जनजातिलाई अधिकार दिएकाले जनजातिका छोराछोरी उच्च तहमा पुग्न सकेको मन्त्री गुरूङले बताए ।

मन्त्री गुरूङले शास्त्र र परम्परा हराए भाषा हराउने र भाषा हराए जात नै लोप हुने भएकाले भाषा र संस्कृतिको संरक्षणमा अग्रसर हुनुपर्ने बताए । भाषा, संस्कृति, परम्परा संरक्षण गर्ने कार्यमा हरेक जातजाति आफैँ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्