Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
विज्ञान र प्रविधि

हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड

१५ पुष २०८१, सोमबार १२:२०

१५ पुस, काठमाडौं। कोरियन कार निर्माता हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनीक-५ ले विश्व रेकर्ड कायम गरेको छ।

आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८ सय २ मिटरको उचाइसम्मको यात्रा गरेको हो । हुन्डाई मोटर इन्डिया लिमिटेडले कार्यक्रम आयोजना गरेको थियो ।

सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।

यस अवधिमा गाडीले ४ हजार ९०० किलोमिटर दुरी तय गरेको हुन्डाई इन्डियाले जनाएको छ। निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनीक-५ ले उत्कृष्ट यात्रा प्रदान गरेको बताइएको छ।

यात्रा सकिएसँगै आयोनीक-५ एक भरपर्दो, एडान्भान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम रहेको पुष्टि भएको कम्पनीको दावी छ।हुन्डाईको इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनीक-५ ले यसअघि विश्वभर थुप्रै अवार्डहरू आफ्नो नाममा लेखाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्