Trending
नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने     |     केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली     |     परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता     |     सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री     |     गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’     |    
विज्ञान र प्रविधि

ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी

१५ पुष २०८१, सोमबार १२:३३

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ ।

एसपिजी अटोमोबाइल्सले सोमबार ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । ऐरी र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबिच सोमबार सम्झौता भएको छ ।

साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरणसमेत गरिएको छ । ऐरीले हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार जितेका थिए ।

उक्त कार पाएबापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

प्रतिक्रिया दिनुहोस्