Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी

१५ पुष २०८१, सोमबार १२:३३

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ ।

एसपिजी अटोमोबाइल्सले सोमबार ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । ऐरी र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबिच सोमबार सम्झौता भएको छ ।

साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरणसमेत गरिएको छ । ऐरीले हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार जितेका थिए ।

उक्त कार पाएबापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

प्रतिक्रिया दिनुहोस्