Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

बस दुर्घटनामा ११ जनाको मृत्यु, २२ घाइते

१५ पुष २०८१, सोमबार १२:५८

१५ पुस, एजेन्सी। पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् ।

जियो न्युजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ ।उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए ।

तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन् ।

जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरबाहीका कारण भएको बताएको छ । मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

गत महिना विवाहका पाहुनाहरू सहितको ‘अत्यधिक गतिमा’ गुडिरहेको बस पुलबाट सिन्धु नदीमा खस्दा गिलगिट–बाल्टिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सेप्टेम्बरमा बलुचिस्तानको शेरानीको दानासर क्षेत्रमा बस खाडलमा खस्दा छ जनाको मृत्यु र अन्य २० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्