Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

भीम रावलको पार्टी गैरवामपन्थी धारको हुने, कांग्रेस–कम्युनिस्टका असन्तुष्ट समेट्ने रणनीति

१५ पुष २०८१, सोमबार १३:२१

१५ पुस,काठमाडौं। नेकपा एमालेबाट निष्कासित नेता भीम रावल नयाँ दल गठनको गृहकार्यमा छन् । उनी गैरवामपन्थी धारको राष्ट्रवादी शक्ति निर्माणको तयारीमा जुटेको सचिवालय स्रोतले बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन् । ‘झापाबाटै हाम्रो यात्रा सुरु हुन्छ, र ७७ जिल्ला नै पुग्छौं,’ उनीनिकट एक नेताले भने ।

ती नेताका अनुसार देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुनेछ । ‘पर्सि (बुधबार)को पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहारहरूको उजागर हुनेछ, त्यो कुरा जनतासम्म लगिनेछ,’ उनले भने ।

माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने ती नेता बताउँछन् । ‘सकेसम्म धेरै ठाउँ पुगेर नयाँ पार्टी निर्माणको आवश्यकताबारे भन्ने हो, त्यसैले समय अलिक लाग्छ,’ उनले भने ।

उनीनिकट एकिन्द्र कुँवरले पनि वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो।

प्रतिक्रिया दिनुहोस्