Trending
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     आज साउने सङ्क्रान्ति पर्व मनाइँदै     |     फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |    
समाचार

भीम रावलको पार्टी गैरवामपन्थी धारको हुने, कांग्रेस–कम्युनिस्टका असन्तुष्ट समेट्ने रणनीति

१५ पुष २०८१, सोमबार १३:२१

१५ पुस,काठमाडौं। नेकपा एमालेबाट निष्कासित नेता भीम रावल नयाँ दल गठनको गृहकार्यमा छन् । उनी गैरवामपन्थी धारको राष्ट्रवादी शक्ति निर्माणको तयारीमा जुटेको सचिवालय स्रोतले बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन् । ‘झापाबाटै हाम्रो यात्रा सुरु हुन्छ, र ७७ जिल्ला नै पुग्छौं,’ उनीनिकट एक नेताले भने ।

ती नेताका अनुसार देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुनेछ । ‘पर्सि (बुधबार)को पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहारहरूको उजागर हुनेछ, त्यो कुरा जनतासम्म लगिनेछ,’ उनले भने ।

माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने ती नेता बताउँछन् । ‘सकेसम्म धेरै ठाउँ पुगेर नयाँ पार्टी निर्माणको आवश्यकताबारे भन्ने हो, त्यसैले समय अलिक लाग्छ,’ उनले भने ।

उनीनिकट एकिन्द्र कुँवरले पनि वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो।

प्रतिक्रिया दिनुहोस्