Trending
गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |     सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस् : प्रधानमन्त्री     |     चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो…     |     सिक्किममा निश्चललाई स्वर्ण     |     पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो     |     द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री     |     इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर     |    
खेलकुद

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

२ आश्विन २०८१, बुधबार ०२:१५

२ असोज, काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन्। त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए।

रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ३ मा फ्रेन्च क्लब लिलीसँग खेल्ने तालिका रहेको छ। त्यस्तै भिएफबी स्टुट्टगार्टले अर्को खेल अक्टोबर १ मा स्पार्ट प्राहसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्