Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

२ आश्विन २०८१, बुधबार ०२:१५

२ असोज, काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन्। त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए।

रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ३ मा फ्रेन्च क्लब लिलीसँग खेल्ने तालिका रहेको छ। त्यस्तै भिएफबी स्टुट्टगार्टले अर्को खेल अक्टोबर १ मा स्पार्ट प्राहसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्