Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

इंग्लिस प्रिमियर लिगखेलमा इपस्विच टाउनसँग चेल्सी पराजित

१६ पुष २०८१, मंगलवार ०२:०३

१६ पुस,काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । आज बिहान सम्पन्न खेलमा चेल्सी इपस्वीच टाउन र युनाइटेड न्यूक्यासलसँग पराजित भएका हुन् ।

लियाम डेलापको उत्कृष्ट प्रर्दशनपछि इपस्विचले घरेलु मैदानमा सिजनको पहिलो जित दर्ता गरेको हो।गएराति भएको खेलमा २–० ले पराजित भएपछि शीर्ष स्थानको दौडमा रहेको चेल्सीलाई गम्भीर धक्का पुगेको हो।

खेलको १२ औँ मिनेटमा लियाम डेलापको पेनाल्टी गोलमा इप्सविचले सुरुवाती अग्रता बनाएको थियो।खेलको ५३ औँ मिनेटमा डेलापको पासमा चेल्सीका पुर्व विगंर ओमारी हुट्चिन्सले इप्सविचको अग्रता दोब्बर पारे।

हारसँगै चेल्सी ३५ अंकमा अंकतालिकाको चौथो स्थानमा छ। १९ खेलबाट १० खेलमा जित, ५ मा बराबरी र ४ खेलमा हार भोगेको चेल्सीको ३५ अंक छ।

१८ खेल खेलेको लिभरपुल ४५ अंकमा शीर्ष स्थानमा छ। १९ खेलबाट ३७ अंक जोडेको नटिङ्घम फरेष्ट दोस्रो र १८ खेलबाट ३६ अंक जोडेको आर्सनल तेस्रो स्थानाम छ।

प्रतिक्रिया दिनुहोस्