Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

इंग्लिस प्रिमियर लिगखेलमा इपस्विच टाउनसँग चेल्सी पराजित

१६ पुष २०८१, मंगलवार ०२:०३

१६ पुस,काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । आज बिहान सम्पन्न खेलमा चेल्सी इपस्वीच टाउन र युनाइटेड न्यूक्यासलसँग पराजित भएका हुन् ।

लियाम डेलापको उत्कृष्ट प्रर्दशनपछि इपस्विचले घरेलु मैदानमा सिजनको पहिलो जित दर्ता गरेको हो।गएराति भएको खेलमा २–० ले पराजित भएपछि शीर्ष स्थानको दौडमा रहेको चेल्सीलाई गम्भीर धक्का पुगेको हो।

खेलको १२ औँ मिनेटमा लियाम डेलापको पेनाल्टी गोलमा इप्सविचले सुरुवाती अग्रता बनाएको थियो।खेलको ५३ औँ मिनेटमा डेलापको पासमा चेल्सीका पुर्व विगंर ओमारी हुट्चिन्सले इप्सविचको अग्रता दोब्बर पारे।

हारसँगै चेल्सी ३५ अंकमा अंकतालिकाको चौथो स्थानमा छ। १९ खेलबाट १० खेलमा जित, ५ मा बराबरी र ४ खेलमा हार भोगेको चेल्सीको ३५ अंक छ।

१८ खेल खेलेको लिभरपुल ४५ अंकमा शीर्ष स्थानमा छ। १९ खेलबाट ३७ अंक जोडेको नटिङ्घम फरेष्ट दोस्रो र १८ खेलबाट ३६ अंक जोडेको आर्सनल तेस्रो स्थानाम छ।

प्रतिक्रिया दिनुहोस्