Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

रविसहितका प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु

१६ पुष २०८१, मंगलवार १०:०७

१६ पुस,काठमाडौँ। सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरण मुद्दामा पक्राउ परेका रवि लामिछानेसहित सबै प्रतिवादीको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीहरुको बयान सकिएको हो । बयान सकिएसँग आजैबाट उनीहरुको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिइएको थियो ।

यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो । पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयले सातै जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गरेको छ । थुनछेक बहसपछि इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस्