Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रविसहितका प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु

१६ पुष २०८१, मंगलवार १०:०७

१६ पुस,काठमाडौँ। सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरण मुद्दामा पक्राउ परेका रवि लामिछानेसहित सबै प्रतिवादीको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीहरुको बयान सकिएको हो । बयान सकिएसँग आजैबाट उनीहरुको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिइएको थियो ।

यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो । पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयले सातै जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गरेको छ । थुनछेक बहसपछि इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस्