Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

१६ पुष २०८१, मंगलवार १०:४८

१६ पुस,काठमाडौं। प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मङ्गलबार सचिव नियुक्त गरेका हुन् । प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए । राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार पनि थिए ।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त भएको पदमा सभामुख घिमिरेले आफ्नै गृहजिल्ला झापाका राईलाई सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्