Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

१६ पुष २०८१, मंगलवार १०:४८

१६ पुस,काठमाडौं। प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मङ्गलबार सचिव नियुक्त गरेका हुन् । प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए । राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार पनि थिए ।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त भएको पदमा सभामुख घिमिरेले आफ्नै गृहजिल्ला झापाका राईलाई सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्