Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

भीम रावलले पत्रकार सम्मेलन गर्दै

१७ पुष २०८१, बुधबार ०३:४०

१७ पुस,काठमाडौं। नेकपा (एमाले) बाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी घोषणाको तयारी गरेका छन्।

त्यसका जानकारी दिन रावलले आगामी बुधबार पत्रकार सम्मेलन गर्न लागेको उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए। ‘पुस १७ गते पार्टी नै घोषणा त हुँदैन। उहाँले आफ्ना नीति, विचार र राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक गर्नुहुनेछ,’ उनले भने।

पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको भण्डाफोर गर्ने र आफ्नो विचार मिल्नेहरूसँग अन्तरक्रिया गर्ने र त्यसपछि पार्टी घोषणा गर्ने तयारी रहेको कुँवरले जानकारी दिए।

रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्। केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन्।

रावल पत्रकार सम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्। देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ।

गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका रावल नयाँ पार्टी गठनको छलफलमा छन्। उनले सोमबार मात्रै नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग पनि छलफल गरेका थिए। तारा जोशीले पनि रावल नयाँ पार्टी खोल्ने तयारीमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्