Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

भीम रावलले पत्रकार सम्मेलन गर्दै

१७ पुष २०८१, बुधबार ०३:४०

१७ पुस,काठमाडौं। नेकपा (एमाले) बाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी घोषणाको तयारी गरेका छन्।

त्यसका जानकारी दिन रावलले आगामी बुधबार पत्रकार सम्मेलन गर्न लागेको उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए। ‘पुस १७ गते पार्टी नै घोषणा त हुँदैन। उहाँले आफ्ना नीति, विचार र राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक गर्नुहुनेछ,’ उनले भने।

पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको भण्डाफोर गर्ने र आफ्नो विचार मिल्नेहरूसँग अन्तरक्रिया गर्ने र त्यसपछि पार्टी घोषणा गर्ने तयारी रहेको कुँवरले जानकारी दिए।

रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्। केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन्।

रावल पत्रकार सम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्। देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ।

गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका रावल नयाँ पार्टी गठनको छलफलमा छन्। उनले सोमबार मात्रै नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग पनि छलफल गरेका थिए। तारा जोशीले पनि रावल नयाँ पार्टी खोल्ने तयारीमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्