Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपालले आज ओमानसँग खेल्दै

२ आश्विन २०८१, बुधबार ०२:२१

२ असोज, काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

खेल नेपाली समय अनुसार राति ९ बजे ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुनेछ। सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ।

नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले चार र ओमानले ३ खेल जितेको छ।  नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ।  त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ।

प्रतिक्रिया दिनुहोस्