Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु

१७ पुष २०८१, बुधबार १३:४७

१७ पुस,काठमाडौं। अमेरिकाको न्यू अर्लिन्समा एक कारले मानिसहरूको भीडमा ठक्कर दिदा १० जनाको मृत्यु भएको छ । यस घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।

लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीले बोर्बोन स्ट्रिटमा हिंसाको डरलाग्दो घटना भएको जानकारी दिएका छन् । न्यू अर्लिन्सको फ्रन्ट क्वार्टरको बोर्बन स्ट्रिटमा भीडमाथि एक व्यक्तिले आफ्नो कार चलाउँदा यो घटना भएको थियो ।

यो सडक रात्रि जीवनका लागि परिचित छ । यहाँ धेरै बार, क्लब र रेस्टुरेन्टहरू छन् । नयाँ वर्ष मनाउन यहाँ ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको बेला यो दुर्घटना भएको बताइएको छ । न्यु अर्लिन्सको सरकारी एजेन्सी नोला रेडीले सामाजिक सञ्जालमा नहर र बोर्बोन स्ट्रिटमा ठूलो संख्यामा मानिस मारिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्