Trending
हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते     |     साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल     |     आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा     |     आजको लागि विदेशी मुद्राको विनिमय दर     |     सुर्खेतमा हतियारसहित २ युवा पक्राउ     |     एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल     |     डिशहोम र ल्यानिज हब बीचको सहकार्य — हाई फ्युचर ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट!     |     भिरबाट लडेर एक युवकको मृत्यु     |     आज विदेशी मुद्राको विनिमय दर कति ?     |     कर्णालीसहित चार प्रदेशनमा अत्यधिक वर्षा हुने     |    
समाचार

अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु

१७ पुष २०८१, बुधबार १३:४७

१७ पुस,काठमाडौं। अमेरिकाको न्यू अर्लिन्समा एक कारले मानिसहरूको भीडमा ठक्कर दिदा १० जनाको मृत्यु भएको छ । यस घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।

लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीले बोर्बोन स्ट्रिटमा हिंसाको डरलाग्दो घटना भएको जानकारी दिएका छन् । न्यू अर्लिन्सको फ्रन्ट क्वार्टरको बोर्बन स्ट्रिटमा भीडमाथि एक व्यक्तिले आफ्नो कार चलाउँदा यो घटना भएको थियो ।

यो सडक रात्रि जीवनका लागि परिचित छ । यहाँ धेरै बार, क्लब र रेस्टुरेन्टहरू छन् । नयाँ वर्ष मनाउन यहाँ ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको बेला यो दुर्घटना भएको बताइएको छ । न्यु अर्लिन्सको सरकारी एजेन्सी नोला रेडीले सामाजिक सञ्जालमा नहर र बोर्बोन स्ट्रिटमा ठूलो संख्यामा मानिस मारिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्