Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा बाल विकास बोर्डिङ हाइ स्कुलको सानदार जित

१७ पुष २०८१, बुधबार १५:०५

१७ पुस, काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको  सबैभन्दा ठुलो खेलकुद  प्रतियोगिता ‘ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ‘ को पाँचौँ चरणमा बाल विकास बोर्डिङ हाइ स्कुलका विद्यार्थीहरुले विभिन्न बिधामा  उत्कृष्ट र  अद्वितीय प्रदर्शन गरेका छन् ।

उक्त प्रतियोगितामा समग्रमा तेस्रो र वडा नं ३ बाट प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका विद्यार्थीहरूले विशेषगरी कुङ फु र रनिङमा सानदार जित हासिल गरेका हुन्  ।

६ वटा स्वर्ण पदक ,८ वटा रजत पदक र ३ वटा कांस्य पदक हासिल गरेर बाल विकास बोर्डिङ स्कुलले गौरवशाली विजय हासिल गरेको अवसरमा विद्यालयले सम्पूर्ण विजयी विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

विजयी विद्यार्थीहरूले पनि विद्यालयमार्फत आफ्ना प्रतिभा उजागर गर्ने यस्ता खालका प्लेटफार्म पाउन सफल भएकामा विद्यालयप्रति कृतज्ञता प्रकट गरेका छन् ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरका कुङ फु रेफ्री श्री सुकमान लामाको प्रशिक्षणमा प्रशिक्षित विद्यार्थीहरूले हासिल गर्नुभएको ऐतिहासिक विजयको लागि विद्यालयले उहाँप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

काठमाडौँ जिल्लाको उत्तरी भेगकै नमुना विद्यालयको रूपमा स्थापित र स्थापनाकालको तीसौँ वर्षमा सगौरव प्रवेश गरेको यस विद्यालयले भविष्यमा पनि देश तथा विदेशमा खेलकुदमार्फत योगदान गर्नमा उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरा विद्यालयका संस्थापक प्राचार्य  महेशकुमार श्रेष्ठले बताए ।

पुस १४ गते देखि १६ गतेसम्म नगरपालिकाको   वडा नं ८ को गोल्फुटार मैदान र वडा नं १० को कपन ह्यान्डबल मैदानमा आयोजना भएको सो प्रतियोगितामा तीन दिन नै विद्यालयको तर्फबाट सहभागिता जनाउने सुअवसर पाएकाले विद्यालय नगरपालिकाप्रति अति नै कृतार्थ रहेको कुरा विद्यालयका संस्थापक अध्यक्ष शंकरदास श्रेष्ठले जनाए।

प्रतिक्रिया दिनुहोस्