Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा बाल विकास बोर्डिङ हाइ स्कुलको सानदार जित

१७ पुष २०८१, बुधबार १५:०५

१७ पुस, काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको  सबैभन्दा ठुलो खेलकुद  प्रतियोगिता ‘ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ‘ को पाँचौँ चरणमा बाल विकास बोर्डिङ हाइ स्कुलका विद्यार्थीहरुले विभिन्न बिधामा  उत्कृष्ट र  अद्वितीय प्रदर्शन गरेका छन् ।

उक्त प्रतियोगितामा समग्रमा तेस्रो र वडा नं ३ बाट प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका विद्यार्थीहरूले विशेषगरी कुङ फु र रनिङमा सानदार जित हासिल गरेका हुन्  ।

६ वटा स्वर्ण पदक ,८ वटा रजत पदक र ३ वटा कांस्य पदक हासिल गरेर बाल विकास बोर्डिङ स्कुलले गौरवशाली विजय हासिल गरेको अवसरमा विद्यालयले सम्पूर्ण विजयी विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

विजयी विद्यार्थीहरूले पनि विद्यालयमार्फत आफ्ना प्रतिभा उजागर गर्ने यस्ता खालका प्लेटफार्म पाउन सफल भएकामा विद्यालयप्रति कृतज्ञता प्रकट गरेका छन् ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरका कुङ फु रेफ्री श्री सुकमान लामाको प्रशिक्षणमा प्रशिक्षित विद्यार्थीहरूले हासिल गर्नुभएको ऐतिहासिक विजयको लागि विद्यालयले उहाँप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

काठमाडौँ जिल्लाको उत्तरी भेगकै नमुना विद्यालयको रूपमा स्थापित र स्थापनाकालको तीसौँ वर्षमा सगौरव प्रवेश गरेको यस विद्यालयले भविष्यमा पनि देश तथा विदेशमा खेलकुदमार्फत योगदान गर्नमा उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरा विद्यालयका संस्थापक प्राचार्य  महेशकुमार श्रेष्ठले बताए ।

पुस १४ गते देखि १६ गतेसम्म नगरपालिकाको   वडा नं ८ को गोल्फुटार मैदान र वडा नं १० को कपन ह्यान्डबल मैदानमा आयोजना भएको सो प्रतियोगितामा तीन दिन नै विद्यालयको तर्फबाट सहभागिता जनाउने सुअवसर पाएकाले विद्यालय नगरपालिकाप्रति अति नै कृतार्थ रहेको कुरा विद्यालयका संस्थापक अध्यक्ष शंकरदास श्रेष्ठले जनाए।

प्रतिक्रिया दिनुहोस्