Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सोतोकान कराते टोली भारत प्रस्थान

१८ पुष २०८१, बिहीबार ०१:४६

१८ पुस, काठमाडौं। खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सन्जिव वाइबा, सफल मगर, बादल लामा, सविर पोखरेल, अनिश विक, प्रदीप राई, सन्देश खड्का, गौतम भण्डारी, रिकेश बोहरा, विवेक गुरुङ, सुमित धिमाल, अविरल राई, मनीष वाइबा, अशोक भट्टराई, विनोद चौधरी, जाग्रिती थापा, सायाना न्यौपाने, अब्रिस्ति महर्जन, नयना मानन्धर, सन्जना भुजेल, प्रविका मानन्धर, गुन्जन थापा, सुवेक्षा विक, युनिशा भुजेल, जस्मिना खड्का, नविना स्याङ्तान, करिष्मा मानन्धर र काजल राईले प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा नेपाल सातोकान कराते संघका महासचिव श्याम शेर्पा र प्रशिक्षकमा कृष्णकुमार मानन्धर छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बुधबारै दिबाइ गरे ।

प्रतिक्रिया दिनुहोस्