Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु

१८ पुष २०८१, बिहीबार ०५:२०

१८ पुस, काठमाडौँ । उत्तरी र मध्य गाजा पट्टीमा बुधवार इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा आक्रमण गर्दा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन् । मध्य गाजाको अल–बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई जनाको मृत्यु भएको छ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बुधवार एक चेतावनी विज्ञप्तिमा अल–बुरेज क्षेत्रका केही ब्लकका बासिन्दाहरूलाई आक्रमण गर्नुअघि मानवीय क्षेत्रमा तुरुन्तै सर्न आग्रह गरे ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजामा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा लगभग १ हजार २ सय मानिस मारिएका थिए भने लगभग २५० जनालाई वन्धक बनाएका थिए ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार ५५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्