Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भोलिदेखि

१८ पुष २०८१, बिहीबार ०६:१५

१८ पुस, काठमाडौं। टोखा नगरपालिकाको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको  छ ।

लिगमा पुरुष÷महिलामा समान ५–५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा भिडन्त हुनेछ । करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।

काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिने छ । प्रत्योक तौलसमूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा खान÷बसोवास÷यातायातको सुविधा प्रदान गरिने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५ को कार्यालयमा हुनेछ । ३÷३ महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्