Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

२ आश्विन २०८१, बुधबार ०२:२५

२ असोज, काठमाडौँ।  विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् ।

आज अपराहन्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्।  मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बाेलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। साउन ११ गते माओवादी कोशी सरकार छाडेको थियो।

कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन्।प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए।

प्रतिक्रिया दिनुहोस्