Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
समाचार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

२ आश्विन २०८१, बुधबार ०२:२५

२ असोज, काठमाडौँ।  विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् ।

आज अपराहन्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्।  मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बाेलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। साउन ११ गते माओवादी कोशी सरकार छाडेको थियो।

कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन्।प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए।

प्रतिक्रिया दिनुहोस्