Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

योङ हार्ट्स र इस्टपोल च्याम्पियन

१८ पुष २०८१, बिहीबार ०६:२०

१८ पुस, काठमाडौं। गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हाट्र्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल मा.बि गोकर्णेश्वर ५ ले जितेका छन् ।

महिलातर्फ योङ्ग हाट्र्सले ३ स्वर्ण र एक कास्यसहित टिम प्रथम भएको हो भने, १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मा.बि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मा.बि तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।

यसैगरी पुरुषतर्फ १ स्वर्ण १ रजत र १ कास्य पदक सहित ईष्टपोल मा. बि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ्ग हाट्र्स बोर्डिङ दोस्रो र एक स्वर्ण एक कास्य सहित मनकामना मा.बि. तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।
महिला र पुरुषतर्फ जम्मा ६÷६ ईभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना बिद्यार्थी सहभागिता रहेको थियो ।

बिजयी खेलाडीहरु लाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्