Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

योङ हार्ट्स र इस्टपोल च्याम्पियन

१८ पुष २०८१, बिहीबार ०६:२०

१८ पुस, काठमाडौं। गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हाट्र्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल मा.बि गोकर्णेश्वर ५ ले जितेका छन् ।

महिलातर्फ योङ्ग हाट्र्सले ३ स्वर्ण र एक कास्यसहित टिम प्रथम भएको हो भने, १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मा.बि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मा.बि तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।

यसैगरी पुरुषतर्फ १ स्वर्ण १ रजत र १ कास्य पदक सहित ईष्टपोल मा. बि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ्ग हाट्र्स बोर्डिङ दोस्रो र एक स्वर्ण एक कास्य सहित मनकामना मा.बि. तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।
महिला र पुरुषतर्फ जम्मा ६÷६ ईभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना बिद्यार्थी सहभागिता रहेको थियो ।

बिजयी खेलाडीहरु लाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्