Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

माओवादी स्थायी कमिटी बैठक सुरु, पूर्व उपराष्ट्रपति पुन पनि सहभागी

१८ पुष २०८१, बिहीबार ०८:३९

१८ पुस, काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न माओवादी स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक ३ दिनसम्म चल्ने छ ।

पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेण्डा तय गर्न बैठक बसेको हो । बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वउपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन् । पुन राजनीतिमा सक्रिय हुने उद्देश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन् । बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ ।

बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक फेस गर्दैछन् ।

केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउन ुपर्नेमा नेताहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस्