Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

माओवादी स्थायी कमिटी बैठक सुरु, पूर्व उपराष्ट्रपति पुन पनि सहभागी

१८ पुष २०८१, बिहीबार ०८:३९

१८ पुस, काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न माओवादी स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक ३ दिनसम्म चल्ने छ ।

पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेण्डा तय गर्न बैठक बसेको हो । बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वउपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन् । पुन राजनीतिमा सक्रिय हुने उद्देश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन् । बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ ।

बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक फेस गर्दैछन् ।

केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउन ुपर्नेमा नेताहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस्