Trending
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल     |     सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स     |     रोहन र सिर्जना उत्कृष्ट     |     इस्टपोललाई उपाधि     |     काठमाडौँ जिल्ला शारीरिक सुगठनमा सुवेदीको निरन्तरता     |     आशिष र सपना उत्कृष्ट खेलाडी     |     विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी     |     जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ : विमलेन्द्र निधि     |     आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ-प्रचण्ड     |     काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने     |    
खेलकुद

सभापति कप फुटबल माघ दोश्रो साता

१८ पुष २०८१, बिहीबार १०:२१

१८ पुस, काठमाडौं। नेपाली काँग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीबार सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।

सोही अवसरमा समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए । उत्कृष्ट पुरुष÷महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरुको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताए । यि प्रतियोगितहरु भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्