Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

१९ पुष २०८१, शुक्रबार ०४:४५

१९ पुस, रोल्पा। रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्