Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सानो विमान एउटा भवनको छतमा ठोक्कियो, २ जनाको मृत्यु

१९ पुष २०८१, शुक्रबार ०५:०५

१९ पुस, काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान भवनको छानासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। बिहीबार साँझ भएको यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको बीबीसीले जनाएको छ।

मृतकको अझै सनाखत हुन सकेको छैन। यसबाहेक मृतक विमानमा थिए वा जमिनमा थिए भन्ने अझै खुल्न सकेको छैन। यो विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो। उडेको २ मिनेटमै दुर्घटना भएको बताइएको छ।

दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। भवनमा लागेको आगो नियन्त्रणमा आएको छ भने वरपरको क्षेत्र पनि खाली गरिएको छ। विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो। दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्