Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सानो विमान एउटा भवनको छतमा ठोक्कियो, २ जनाको मृत्यु

१९ पुष २०८१, शुक्रबार ०५:०५

१९ पुस, काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान भवनको छानासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। बिहीबार साँझ भएको यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको बीबीसीले जनाएको छ।

मृतकको अझै सनाखत हुन सकेको छैन। यसबाहेक मृतक विमानमा थिए वा जमिनमा थिए भन्ने अझै खुल्न सकेको छैन। यो विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो। उडेको २ मिनेटमै दुर्घटना भएको बताइएको छ।

दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। भवनमा लागेको आगो नियन्त्रणमा आएको छ भने वरपरको क्षेत्र पनि खाली गरिएको छ। विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो। दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्