Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

जय ट्रफीमा आरिफले पुलिसको कप्तानी गर्ने

१९ पुष २०८१, शुक्रबार ०७:३७

१९ पुस, काठमाडौं। विभागीय टिम नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपका लागि टिम घोषणा गरेको छ ।

शुक्रबार विभागीय टिम पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् ।

यसैगरी, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सेरला पनि टिममा परेका छन् ।

पुलिस क्लबका नियमित कप्तान दीपेन्द्रसिंह ऐरीले भने प्रतियोगिता गुमाउनेछन् । ऐरी यूएईमा हुने अन्तर्राष्ट्रिय लिग टी-२० मा सहभागी हुन दुबई पुगेका छन् । त्यसैले पुलिस क्लबले जय ट्रफीका लागि आरिफलाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्