Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जय ट्रफीमा आरिफले पुलिसको कप्तानी गर्ने

१९ पुष २०८१, शुक्रबार ०७:३७

१९ पुस, काठमाडौं। विभागीय टिम नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपका लागि टिम घोषणा गरेको छ ।

शुक्रबार विभागीय टिम पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् ।

यसैगरी, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सेरला पनि टिममा परेका छन् ।

पुलिस क्लबका नियमित कप्तान दीपेन्द्रसिंह ऐरीले भने प्रतियोगिता गुमाउनेछन् । ऐरी यूएईमा हुने अन्तर्राष्ट्रिय लिग टी-२० मा सहभागी हुन दुबई पुगेका छन् । त्यसैले पुलिस क्लबले जय ट्रफीका लागि आरिफलाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्