Trending
एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने     |     केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली     |     परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता     |     सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री     |     गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’     |     ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री     |    
विज्ञान र प्रविधि

ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक

१९ पुष २०८१, शुक्रबार १५:४७

पाटन। आपतकालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ ।

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज यहाँ बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गरेका हुन् ।

मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हाम्रा सबै धर्मको मर्म मानवीय सेवा नै भएकाले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा सम्मानका साथ प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ । सबै संस्थाले एकीकृत ढंगले क्रियाशील भएर बिरामीलाई निःशुल्क रगत दिने व्यवस्थाअनुसार क्रियाशील हुन ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सरकारी सेवालाई ‘डिजिटलाइज’ गर्ने क्रममा नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर प्रदेश सरकार अगाडि बढिरहेको बताए । विज्ञान र प्रविधिको युगमा ‘टेलिमेडिसिन’को माध्यमबाट उपचार गर्ने प्रविधिको विकास र विस्तार गरी जनतालाई राम्रो र प्रभावकारी सेवा दिन सरकार प्रयासरत रहेको मन्त्री महर्जनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए । उनले आफूहरूसँग तीन सय सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरुलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

जिल्ला जनस्वास्थ्य कार्यालयरको समन्वयमा ललितपुरको पाटन अस्पताल र बज्रवाराही प्रदेश अस्पताललाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष महर्जनले जानकारी गराए ।

‘ब्लड फर मी’ एप्लिकेसनका निर्माणकर्ता साजन महर्जनले रगतको आवश्यकता परेको समयमा खोजीका लागि भोग्नुपर्ने कठिनाइ तथा समस्या समाधान गर्दै स्वस्थ रगत सजिलै उपलब्ध हुने अवस्था सृजना गर्न प्रविधिको विकास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्