Trending
चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर     |     एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ     |     नेपाल युएइसँग पराजित     |     आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |    
विज्ञान र प्रविधि

साइबरको माध्यमबाट ७८ लाख लुटियो

१९ पुष २०८१, शुक्रबार १५:५०

काठमाडौँ। साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको हो । त्यस्तै, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । यसमाथि उजुरी आएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर प्रयोग हुने गरेको पाइएको छ । सीआईबीका अनुसार उनीहरुले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिन्छन् । त्यसपछि फोन गरेर आफू वालेट वा बैंक वित्तीय संस्थाबाट भन्दै ओटीपी माग गर्छन् ।

कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउँछन् । लिङ्क खोल्ने बित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्डमा चोर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर पैसा ट्रान्सफर गर्ने गरेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्