Trending
हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते     |     साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल     |     आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा     |     आजको लागि विदेशी मुद्राको विनिमय दर     |     सुर्खेतमा हतियारसहित २ युवा पक्राउ     |     एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल     |     डिशहोम र ल्यानिज हब बीचको सहकार्य — हाई फ्युचर ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट!     |     भिरबाट लडेर एक युवकको मृत्यु     |     आज विदेशी मुद्राको विनिमय दर कति ?     |     कर्णालीसहित चार प्रदेशनमा अत्यधिक वर्षा हुने     |    
समाचार

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

२० पुष २०८१, शनिबार ०२:०८

२० पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुँदैछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भन स्थानिय तह उपनिर्वाचन समिक्षा, संगठनको समिक्षा र संगठन रणनीतिका बिषयलाइ छलफलको अजेन्डा बनाइएको छ ।

साथै, संगठन सबलीकरण र जागरण, प्रशिक्षण सामाग्रीत अभियान, लिडरसीप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय सयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।

यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्