Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

२० पुष २०८१, शनिबार ०२:०८

२० पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुँदैछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भन स्थानिय तह उपनिर्वाचन समिक्षा, संगठनको समिक्षा र संगठन रणनीतिका बिषयलाइ छलफलको अजेन्डा बनाइएको छ ।

साथै, संगठन सबलीकरण र जागरण, प्रशिक्षण सामाग्रीत अभियान, लिडरसीप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय सयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।

यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्