Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

रियल मड्रिडले भ्यालेन्सियामाथि पुनरागमन जित

२० पुष २०८१, शनिबार ०२:१९

२० पुस, काठमाडौं। स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि पुनरागमन जित निकालेको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले घरेलु टोली भ्यालेन्सियामाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने भ्यालेन्सियाले लिएको थियो ।

इंग्लिस मिडफिल्डर जुड बेलिङघमले ९५ औं मिनेटमा निर्णायक गोल गरे । त्यस अगाडि उनी पेनाल्टी चुकेका थिए । भ्यालेन्सियाले २७ औं मिनेटमा ह्युगो डुरोको गोलले अग्रता लिएको थियो । भ्यालेन्सियाले गत साता मात्रै आफ्नो नयाँ प्रशिक्षकमा कार्लोस कोरबेरनलाई नियुक्त गरेको थियो ।

तर लुका मोडरिचले ८५ औं मिनेटमा गोल गरेपछि रियल खेलमा फर्केको हो । यो जितपछि रियलको १९ खेलबाट ४३ अंक भएको छ । छिमेकी एटलेटिको म्याड्रिडको ४१ अंक छ । उसले एक खेल कम खेलेको छ । बार्सिलोना ३८ अंकमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्