Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

रियल मड्रिडले भ्यालेन्सियामाथि पुनरागमन जित

२० पुष २०८१, शनिबार ०२:१९

२० पुस, काठमाडौं। स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि पुनरागमन जित निकालेको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले घरेलु टोली भ्यालेन्सियामाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने भ्यालेन्सियाले लिएको थियो ।

इंग्लिस मिडफिल्डर जुड बेलिङघमले ९५ औं मिनेटमा निर्णायक गोल गरे । त्यस अगाडि उनी पेनाल्टी चुकेका थिए । भ्यालेन्सियाले २७ औं मिनेटमा ह्युगो डुरोको गोलले अग्रता लिएको थियो । भ्यालेन्सियाले गत साता मात्रै आफ्नो नयाँ प्रशिक्षकमा कार्लोस कोरबेरनलाई नियुक्त गरेको थियो ।

तर लुका मोडरिचले ८५ औं मिनेटमा गोल गरेपछि रियल खेलमा फर्केको हो । यो जितपछि रियलको १९ खेलबाट ४३ अंक भएको छ । छिमेकी एटलेटिको म्याड्रिडको ४१ अंक छ । उसले एक खेल कम खेलेको छ । बार्सिलोना ३८ अंकमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्