Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

२० पुष २०८१, शनिबार ०२:२८

२० पुस, काठमाडौं। काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौँ जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत् अवरुद्ध हुने भएको हो।

साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यहाँ पेप्सी-मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ।

ललितपुरमा युएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल, यूएन पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्