Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

काठमाडौँ जिल्ला शारीरिक सुगठनमा सुवेदीको निरन्तरता

२० पुष २०८१, शनिबार १४:३०

२० पुस, काठमाडौँ। काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको साधारण सभा एवं निर्वाचन मिति २०८१ पौष २० गते शनिबार सम्पन्न भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री विजयलाल कायष्थ ज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । काठमाडौँको कुलेश्वरस्थित स्टार दरबार ब्याङ्क्वेटमा सम्पन्न उक्त साधारण सभा तथा निर्बाचनमा नयाँ काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको  कार्यसमिति गठन भएको छ ।

नव निर्वाचित कार्य समितिमा अध्यक्षमा सुरेश सुवेदी, उपाध्यक्षमा मनोज सुवेदी, सचिवमा विजयतम रत्न बज्राचार्य, कोषाध्यक्षमा रुजेश शाही, सदस्यहरूमा हरि भण्डारी, रमेश श्रेष्ठ, महेश डंगोल तथा महिला सदस्यहरूमा शोभा गुरुङ र शर्मिला सुलु चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्