Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

इस्टपोललाई उपाधि

२० पुष २०८१, शनिबार १४:४२

२० पुस, काठमाडौँ। गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी ईष्टपोल मा.बि. ले शनिबार जितेको छ ।
पौष १५ देखि २० गते सम्म भएको प्रतियोगितामा ९ स्वर्ण १४ रजत र १० कास्य पदक सहित ईष्टपोल मा.बि. प्रथम भएको हो ।

यसै गरी ९ स्वर्ण ६ रजत र ५ कास्य पदक जितेको मनकामना मा. बि.दोस्रो, ६ स्वर्ण ८ रजत २ कास्य पदक सहित चामुण्डा मा.बि. टिम तेस्रो भएको छ । कुल ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका ३४ बिधालयको सहभागिता रहेको थियो ।

पदक बिजेता खेलाडीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, नगरपालिकाका कार्यकारी प्रमुख यामनारायण गौली, वडा न ९ का अध्यक्ष राजिव थापा लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्