Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स

२० पुष २०८१, शनिबार १५:०९

एजेन्सी। स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौँ उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तर वृद्धि गर्नेछ ।

स्पेसएक्सका अनुसार, स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ, जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ ।

स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ, जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारी साधनको र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सरहरू नियन्त्रण गर्ने प्रणाली समावेश छ ।

स्पेसएक्सका अनुसार अन्तरिक्षमा हुँदा स्टारशिपले १० स्टारलिंक सिमुलेटरहरू तैनाथ गर्नेछ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यान र सुपर हेवी रकेटलाई सामूहिक रूपमा स्टारशिप भनिन्छ ।

नासामा स्टारशिपले महत्त्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्ष यात्रीहरूलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ को लागि योजना गरिएको छ ।- रासस

प्रतिक्रिया दिनुहोस्