Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स

२० पुष २०८१, शनिबार १५:०९

एजेन्सी। स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौँ उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तर वृद्धि गर्नेछ ।

स्पेसएक्सका अनुसार, स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ, जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ ।

स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ, जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारी साधनको र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सरहरू नियन्त्रण गर्ने प्रणाली समावेश छ ।

स्पेसएक्सका अनुसार अन्तरिक्षमा हुँदा स्टारशिपले १० स्टारलिंक सिमुलेटरहरू तैनाथ गर्नेछ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यान र सुपर हेवी रकेटलाई सामूहिक रूपमा स्टारशिप भनिन्छ ।

नासामा स्टारशिपले महत्त्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्ष यात्रीहरूलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ को लागि योजना गरिएको छ ।- रासस

प्रतिक्रिया दिनुहोस्