Trending
‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |     जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’     |     हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन परमादेश     |     एसियन युथ पारा गेम्सलाई टोली प्रस्थान     |     नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |    
समाचार

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

२१ पुष २०८१, आईतवार ०७:५१

२१ पुस, पर्वत। जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

पीपलटारीस्थित तल्लो रोहोटेका धुर्व रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।

मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्