Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा

२१ पुष २०८१, आईतवार ०८:०८

२१ पुस, काठमाडौं। सर्वेन्द्र खनालले नेकपा एमाले छाडेका छन्।

नेपाल प्रहरीका पूर्वप्रमुख समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै दलसँग आवद्ध नरहेको स्पष्ट पारेका हुन्।

उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’

खनाललाई ५ असोज २०७९ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए। खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो। नेता रावललाई एमालेले यहीँ पुस दश गतेबाट पार्टी सदस्य नरहनेगरी कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्