Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा

२१ पुष २०८१, आईतवार ०८:०८

२१ पुस, काठमाडौं। सर्वेन्द्र खनालले नेकपा एमाले छाडेका छन्।

नेपाल प्रहरीका पूर्वप्रमुख समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै दलसँग आवद्ध नरहेको स्पष्ट पारेका हुन्।

उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’

खनाललाई ५ असोज २०७९ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए। खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो। नेता रावललाई एमालेले यहीँ पुस दश गतेबाट पार्टी सदस्य नरहनेगरी कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्