Trending
आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा     |     हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते     |     साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल     |     आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा     |     आजको लागि विदेशी मुद्राको विनिमय दर     |     सुर्खेतमा हतियारसहित २ युवा पक्राउ     |     एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल     |     डिशहोम र ल्यानिज हब बीचको सहकार्य — हाई फ्युचर ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट!     |     भिरबाट लडेर एक युवकको मृत्यु     |     आज विदेशी मुद्राको विनिमय दर कति ?     |    
खेलकुद

राखेपका नवनियुक्त सदस्यको स्वागत

२१ पुष २०८१, आईतवार १३:४७

 २१ पुस, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ ।

पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । नन्दा र सुवर्ण सदस्यमा दोहोरिएका हुन् । नन्दा भने राखेप कार्यकारी समितिकी सदस्य पनि थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनैपनि प्रतियोगिताको नियमित निरन्तरता अत्ति आवश्यक भएको बताउदै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्नेमा जोड दिए । सदस्य नन्दाले दोश्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्कको आभास भएको बताउदै विगतका कमीकमजोरीलाई सच्चयाउदै खेलकुदलाई नयाँ उचाईमा पु¥याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सदस्य चन्दले नियुक्तले जिम्मेवारी थपिएको महसुश भएको बताउदै नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।

कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्