Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

मेयर कप भेट्रान फुटबल भोलिदेखि

२१ पुष २०८१, आईतवार १३:५८

 २१ पुस, काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने छ ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका छन्। एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ ।

विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जावलाखेल मैदानमा खेलाइने छ । गत संस्करणको उपाधि कुपण्डोल ४० प्लसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्