Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

धरानमा अन्तर विद्यालय टेबलटेनिस सम्पन्न

२१ पुष २०८१, आईतवार १४:०२

२१ पुस, धरान। स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

यू १२ ब्वाइजमा मेरिल्यान्ड बोर्डिङका सोइल भुजेलले विष्णु मेमोरियलका कृतिक पौडेललाई सोझो तीन सेटमा पराजित गर्दै स्वर्णपदक जिते । पब्लिक हाईस्कुलका कविसन हाईस्कुल र किरातेश्वरका सनी भुजेलले कांस्य पदक हात पारे ।

यू १४ ब्वाइजमा मेघा हिमालय स्कुलका गौतम तामाङले फाइनलमा विष्णु मेमोरियलका रेहान कर्माचार्यलाई ११–५, ११–८, ११–७ र १०–१० ले पराजित गर्दै स्वर्णपदक कब्जा गरे । यस स्पर्धामा युरोका आवासीय माविका दुई खेलाडी अभय शाक्य र सोनल ताम्राकारले कांस्यपदक प्राप्त गरे । यू १६ ब्वाइजको फाइनल पनि गौतमविरुद्ध रेहानवीच भएको थियो र यसमा पनि गौतमले बाजी मार्दै दोस्रो स्वर्ण हात पारे ।

यू १२ गल्र्समा युरेका आवासीय माविकी श्रेया सुपेदीले आफ्रनै स्कुलकी चन्सया सुवेदीलाई ११–८, ९–११ र ११–७ ले पारजित गर्दै स्वर्णपदक हासिल गरिन् । युरेकाकै अदित्मा मगर र समिट स्कुलकी अधिश्री दाहालले कांस्य हात पारे । श्रेयाले यू १४ गल्र्सको फाइनल पनि खेलिन् । तर, उनलाई ११–३, ११–७ र ११–९ ले हराएर सुनाखरी स्कुलकी सुलेखा ठाकुरले स्वर्ण जितिन् ।

युरेकाकी चन्सया र मेरिल्यान्ड स्कुलकी सरिना राई तेस्रो भए । सुलेखाले यू १६ गल्र्सको पनि उपाधि कब्जा गरिन् । उनले फाइनलमा मेरिल्यान्डकी सरिनालाई ११–४, ११–७ र ११–७ ले पराजित गर्दै दोस्रो स्वर्ण जितेकी हुन् । श्रेया र चन्सया तेस्रोमा रहे । ६ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा २० विद्यालयका १ सय २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्