Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

धरानमा अन्तर विद्यालय टेबलटेनिस सम्पन्न

२१ पुष २०८१, आईतवार १४:०२

२१ पुस, धरान। स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

यू १२ ब्वाइजमा मेरिल्यान्ड बोर्डिङका सोइल भुजेलले विष्णु मेमोरियलका कृतिक पौडेललाई सोझो तीन सेटमा पराजित गर्दै स्वर्णपदक जिते । पब्लिक हाईस्कुलका कविसन हाईस्कुल र किरातेश्वरका सनी भुजेलले कांस्य पदक हात पारे ।

यू १४ ब्वाइजमा मेघा हिमालय स्कुलका गौतम तामाङले फाइनलमा विष्णु मेमोरियलका रेहान कर्माचार्यलाई ११–५, ११–८, ११–७ र १०–१० ले पराजित गर्दै स्वर्णपदक कब्जा गरे । यस स्पर्धामा युरोका आवासीय माविका दुई खेलाडी अभय शाक्य र सोनल ताम्राकारले कांस्यपदक प्राप्त गरे । यू १६ ब्वाइजको फाइनल पनि गौतमविरुद्ध रेहानवीच भएको थियो र यसमा पनि गौतमले बाजी मार्दै दोस्रो स्वर्ण हात पारे ।

यू १२ गल्र्समा युरेका आवासीय माविकी श्रेया सुपेदीले आफ्रनै स्कुलकी चन्सया सुवेदीलाई ११–८, ९–११ र ११–७ ले पारजित गर्दै स्वर्णपदक हासिल गरिन् । युरेकाकै अदित्मा मगर र समिट स्कुलकी अधिश्री दाहालले कांस्य हात पारे । श्रेयाले यू १४ गल्र्सको फाइनल पनि खेलिन् । तर, उनलाई ११–३, ११–७ र ११–९ ले हराएर सुनाखरी स्कुलकी सुलेखा ठाकुरले स्वर्ण जितिन् ।

युरेकाकी चन्सया र मेरिल्यान्ड स्कुलकी सरिना राई तेस्रो भए । सुलेखाले यू १६ गल्र्सको पनि उपाधि कब्जा गरिन् । उनले फाइनलमा मेरिल्यान्डकी सरिनालाई ११–४, ११–७ र ११–७ ले पराजित गर्दै दोस्रो स्वर्ण जितेकी हुन् । श्रेया र चन्सया तेस्रोमा रहे । ६ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा २० विद्यालयका १ सय २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्