Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

झिल्टुङ क्रसकन्ट्री दौड माघ ५ गते

२१ पुष २०८१, आईतवार १४:१२

२१ पुस, नुवाकोट। नुवाकोटको बेलकोटगडी नगरपालिका वडा ५ को आयोजनामा नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ ५ गते हुने भएको छ ।

बेलकोटगडीमा हुने प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वडाका अध्यक्ष मदन भुजेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

एथलेटिक्स परिवार, नेपालको संयोजन एवं प्राविधिक सहयोगमा हुने दौडमा पुरुष÷महिला खुला १३.५ किलोमिटर, स्थानिय खुला पुरुष १३.५ किलोमिटर, जुनियर १६ वर्षमुनि छात्र÷छात्रा खुला ४.५ किलोमिटर, १६ वर्षमुनि स्थानियको पुरुष÷महिला ४.५ किलोमिटर, स्थानियको पुरुष ४५ वर्षमाथि ४.५ किलोमिटर, भेट्रान ४५ वर्षमाथि पुरुष खुला १३.५ किलोमिटर, स्थानिय आमाहरुको ४.५ किलोमिटर तथा स्थानिय बृद्ध पुरुष÷महिलाको ‘वाक एन्ड टक’ मा प्रतिस्पर्धा हुनेछ ।

‘वाक एन्ड टक’ मा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पत्रकार सम्मेलनमा दौडका परिकल्पनाकार मोहन नेपाल र एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्