Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

झिल्टुङ क्रसकन्ट्री दौड माघ ५ गते

२१ पुष २०८१, आईतवार १४:१२

२१ पुस, नुवाकोट। नुवाकोटको बेलकोटगडी नगरपालिका वडा ५ को आयोजनामा नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ ५ गते हुने भएको छ ।

बेलकोटगडीमा हुने प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वडाका अध्यक्ष मदन भुजेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

एथलेटिक्स परिवार, नेपालको संयोजन एवं प्राविधिक सहयोगमा हुने दौडमा पुरुष÷महिला खुला १३.५ किलोमिटर, स्थानिय खुला पुरुष १३.५ किलोमिटर, जुनियर १६ वर्षमुनि छात्र÷छात्रा खुला ४.५ किलोमिटर, १६ वर्षमुनि स्थानियको पुरुष÷महिला ४.५ किलोमिटर, स्थानियको पुरुष ४५ वर्षमाथि ४.५ किलोमिटर, भेट्रान ४५ वर्षमाथि पुरुष खुला १३.५ किलोमिटर, स्थानिय आमाहरुको ४.५ किलोमिटर तथा स्थानिय बृद्ध पुरुष÷महिलाको ‘वाक एन्ड टक’ मा प्रतिस्पर्धा हुनेछ ।

‘वाक एन्ड टक’ मा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पत्रकार सम्मेलनमा दौडका परिकल्पनाकार मोहन नेपाल र एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्