Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

२२ पुष २०८१, सोमबार ०१:५३

२२ पुस, काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक साेमवार पनि जारी रहनेछ ।​

हिजाे देखी सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।

जसअनुसार आजको बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । जसमाथी केन्द्रिय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन् ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्