Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

चार्जिङ्ग गर्ने क्रममा स्कुटी बिष्फोट

२२ पुष २०८१, सोमबार ०२:०१

२२ पुस, काठमाडौं। भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटी चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ ।

बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्युतीय स्कुटी चार्जमा लगाएका थिए ।

चार्ज हुने क्रममा उक्त स्कुटीबाट एक्कासी आगोको लप्का निस्किएको थियो । आगोको लप्का निस्कँदै गर्दा सोही स्कुटी नजिकै अर्को एक्टिभा स्कुटी पनि पार्किङ्ग गरेर राखिएको थियो । विद्युतीय स्कुटीमा आगो लागेसँगै सँगै रहेको एक्टिभा स्कुटीमा पनि आगलागी भएको थियो ।

ति दुवै स्कुटी एकै पटक बिष्फोट बिष्फोट भएको थियो । बिष्फोटनमा परी नजिकै रहेका ११ बर्षीया चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्