Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

चार्जिङ्ग गर्ने क्रममा स्कुटी बिष्फोट

२२ पुष २०८१, सोमबार ०२:०१

२२ पुस, काठमाडौं। भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटी चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ ।

बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्युतीय स्कुटी चार्जमा लगाएका थिए ।

चार्ज हुने क्रममा उक्त स्कुटीबाट एक्कासी आगोको लप्का निस्किएको थियो । आगोको लप्का निस्कँदै गर्दा सोही स्कुटी नजिकै अर्को एक्टिभा स्कुटी पनि पार्किङ्ग गरेर राखिएको थियो । विद्युतीय स्कुटीमा आगो लागेसँगै सँगै रहेको एक्टिभा स्कुटीमा पनि आगलागी भएको थियो ।

ति दुवै स्कुटी एकै पटक बिष्फोट बिष्फोट भएको थियो । बिष्फोटनमा परी नजिकै रहेका ११ बर्षीया चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्