Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
खेलकुद

धर्मश्री शारीरिक सुगठन चैतमा

२२ पुष २०८१, सोमबार १३:४६

२२ पुस, काठमाडौं। नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ ।

धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।

प्रतियोगिताको मुख्य विधा अर्थात पुरुष बडिबिल्डिङको रुपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर, वुमन्स बडिलिब्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगतिमा करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो संस्करणमा पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । ओभरअल धर्मश्री विजेताले १२ लाख प्राप्त गर्नेछन् । गत संस्करणभन्दा यो २ लाखले बढी हो । यस्तै उपविजेताले ६ लाख तथा तेस्रोले ३ लाख पाउनेछन् । चौथोले २ लाख, पाँचौले १ लाख ८० हजार तथा छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार र तेस्रो हुनेले ४० हजार पाउनेछन् भने चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार प्राप्त गर्नेछन् ।त्यस्तै मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वुमन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार  रतथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् ।यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्