Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

नेपाल कबड्डी लिग खेल्न बिदेशी खेलाडी, प्रशिक्षक काठमाडौं ओर्लँदै

२२ पुष २०८१, सोमबार १३:४८

२२ पुस, काठमाडौं। अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि बिदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लन थालेका छन् । भारतबाट दुई प्र्रशिक्षक, केन्या र बंगलादेशबाट पाँच जना खेलाडी आइसकेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो बिदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन् । पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्राएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।

धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि आइसकेका छन् ।

काठमाडौं माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात पनि काठमाडौं आइपुगेका छन् । एनकेएलको पहिलो सिजनमा आबद्ध भएका १७ जना बिदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्