Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

आयोजक कुसुन्तीको विजयी सुरुआत

२२ पुष २०८१, सोमबार १३:५१

२२ पुस, काठमाडौं। आयोजक श्री कुसुन्ती युवा क्लब ‘ए’ ले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ ।

जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले पराजित गर्यो । अन्य खेलमा फ्रिडम ‘ए’ ले सइबु भेट्रानलाई ५–०, फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १–० र आईयुएफसी भेट्रानले केभीसी ३२ लाई ३–० गोलले हराए ।

प्रतियोगिताको अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ३० टिम सहभागी । विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने   छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने   छ ।

एट ए साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी सामेल गर्नु पर्ने छ । फाइनल पुस २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्