Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

आयोजक कुसुन्तीको विजयी सुरुआत

२२ पुष २०८१, सोमबार १३:५१

२२ पुस, काठमाडौं। आयोजक श्री कुसुन्ती युवा क्लब ‘ए’ ले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ ।

जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले पराजित गर्यो । अन्य खेलमा फ्रिडम ‘ए’ ले सइबु भेट्रानलाई ५–०, फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १–० र आईयुएफसी भेट्रानले केभीसी ३२ लाई ३–० गोलले हराए ।

प्रतियोगिताको अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ३० टिम सहभागी । विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने   छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने   छ ।

एट ए साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी सामेल गर्नु पर्ने छ । फाइनल पुस २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्