Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मधेस प्रदेशसभा बैठक भोलि बस्दै

२२ पुष २०८१, सोमबार १४:००

२२ पुस, जनकपुरधाम। मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै चार महिनापछि मंगलबार बस्दै छ।

सोमबार प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको चौथो अधिवेशन आह्वान गरेको जनाएको हो। प्रदेशसभाका सचिव बासु प्रसाद कोइरालाले पुस २३ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएका जनाएका हुन्।

गत भदौ २९ गते प्रदेशसभाको तेस्रो अधिवेशनको ३४ औँ बैठक बसेको थियो। प्रदेशसभाका सचिव कोइरालाले मंगलबारको बैठकमा प्रदेश प्रमुखबाट आएको मधेस प्रदेशसभाको चौथो अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाए।

प्रतिक्रिया दिनुहोस्