Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

मधेस प्रदेशसभा बैठक भोलि बस्दै

२२ पुष २०८१, सोमबार १४:००

२२ पुस, जनकपुरधाम। मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै चार महिनापछि मंगलबार बस्दै छ।

सोमबार प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको चौथो अधिवेशन आह्वान गरेको जनाएको हो। प्रदेशसभाका सचिव बासु प्रसाद कोइरालाले पुस २३ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएका जनाएका हुन्।

गत भदौ २९ गते प्रदेशसभाको तेस्रो अधिवेशनको ३४ औँ बैठक बसेको थियो। प्रदेशसभाका सचिव कोइरालाले मंगलबारको बैठकमा प्रदेश प्रमुखबाट आएको मधेस प्रदेशसभाको चौथो अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाए।

प्रतिक्रिया दिनुहोस्