Trending
निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |     साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्का भिड्दै     |     एमालेको जग्गादानविरुद्ध परेको रिटको आज सुनुवाइ     |     विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने     |    
समाचार

केन्द्रीय कार्यालय भवन बनाउन एमालेका पाँच कार्ययोजना

२ आश्विन २०८१, बुधबार ११:१२

२ असोज, काठमाडौं ।  नेकपा (एमाले) ले केन्द्रीय कार्यालय भवन बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।

महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्ययोजनामा ०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पुर्‍याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ ।

कार्ययोजनामा भनिएको छ, ‘पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरण नियमित रूपमा अधिवेशन आयोजना र व्यवस्थापन पार्टीप्रवेश, पार्टी अधिवेशनबाट बाहिरिएका/बिदा भएकाहरूको व्यवस्थापन पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधिसम्मत रूपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधको व्यवस्थापन स्थायी पार्टी स्कूल सञ्चालन र अभियानका रूपमा पार्टी प्रशिक्षण, सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालन ।’

त्यस्तै पार्टीको निर्णयबमोजिम पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि स्रोत संकलन गर्ने कामलाई अभियानका रूपमा अघि बढाउने पनि योजनाका रूपमा अघि सारिएको छ।

केन्द्रीय कार्यालय बनाउन एमालेले अहिले सदस्यहरूबाट १०० रुपैयाँ उठाउँदै आएको छ। सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १०० रूपैयाँ संकलन गर्ने कामलाई यथाशीघ्र कार्यान्वयन गर्न पनि एमालेले तहगत कमिटीलाई निर्देशन दिएको छ।

“पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्‍याउने गरी योजना बनाई कार्यान्वयन गर्ने । सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने । नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने,” कार्ययोजनामा भनिएको छ ।

प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण दिएर पार्टी काममा जोड्ने जनाइएको छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्‍याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने जनाइएको छ ।

युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम ( काउन्सिलिङ), प्रशिक्षण र तालिम, स्टार्ट अपसम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने कार्ययोजनामा उल्लेख छ । समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय अभियानमा युवाको सार्थक सहभागिता र नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ ४० वर्षमुनिका युवाहरूको शिखर सम्मेलन आयोजना गर्ने पनि कार्ययोजनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्