Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
खेलकुद

साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित

११ कार्तिक २०८२, सोमबार २१:३४

काठमाडौँ। नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन् । तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो ।

यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको भारतले कुनै पनि अङ्क जोड्न सकेन ।

प्रतिक्रिया दिनुहोस्