Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

अफगानिस्तानसँग नेपाल पराजित

१० कार्तिक २०८२, आईतवार १७:५७

काठमाडौँ। बांङ्लादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।

ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो। अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५-१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको हो ।

चौथो खेलमा नेपालको यो तेस्रो हार हो । नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरेको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बांङ्लादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्