Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
खेलकुद

मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय

१० कार्तिक २०८२, आईतवार १७:५३

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन्।

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे ।

कार्यभार सम्हालेसँगै मन्त्री गुप्ताले खेलुकुद मन्त्रालय अन्तर्गत सबै निकायहरूको बैठक प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउने पहिलो निर्णय गरेका छन्।

सोही अनुसार मन्त्रालयका अन्तर्गतका निकायहरूलाई आफूसँग भएको स्रोत साधन परिचालन गरी प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको उनले बताएका छन्।

उनले सपथ लिएसँगै पत्रकारसँग कुरा गर्दै आफू तत्काल बोल्नुभन्दा पनि बढी काममा ध्यान दिने र त्यसका लागि विश्वास गरिदिनका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्