Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय

१० कार्तिक २०८२, आईतवार १७:५३

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन्।

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे ।

कार्यभार सम्हालेसँगै मन्त्री गुप्ताले खेलुकुद मन्त्रालय अन्तर्गत सबै निकायहरूको बैठक प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउने पहिलो निर्णय गरेका छन्।

सोही अनुसार मन्त्रालयका अन्तर्गतका निकायहरूलाई आफूसँग भएको स्रोत साधन परिचालन गरी प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको उनले बताएका छन्।

उनले सपथ लिएसँगै पत्रकारसँग कुरा गर्दै आफू तत्काल बोल्नुभन्दा पनि बढी काममा ध्यान दिने र त्यसका लागि विश्वास गरिदिनका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्